मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १५ गते कम्पनीको १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले र्कीतिपुर हिल्स साइड होटल एण्ड रिर्सोट र्कीतिपुरमा बिहान १० बजे सभा गर्ने जानकारी दिएको छ ।
सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, नाफा नजोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह तथा इक्वीटिमा भएको परिवर्तन र अनुसूचीहरु स्वीकृत गर्नेछ । यस्तै सभाले आव २०७९।८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै कम्पनीले मंसिर१५ गते बिहीबार आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति समेत पाइसकेको छ ।
कम्पनीले कुल एक सय रुपैयाँ अंकित दरका ३५ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको ३५ लाख ३१ हजर कित्ता आईपीओ निष्कासन गर्न अुनमति पाएको छ ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया