आज (मंसिर २२ गते) सेयर कारोबार नहुने भएको छ ।
सरकारले बिहीबार उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदासँगै आज सेयर बजार पनि बन्द हुनेछ ।
यससँगै अब अर्को साता आइतबार मात्र सेयर कारोबार हुनेछ । उक्त दिन प्रि–ओपनिङ्ग र त्यसपछि नियमित समयमा बिहान ११ बजेपछि नियमित कारोबार सत्रमा कारोबार खुल्नेछ ।
बुधबार नेप्से १६.६१ अङ्कले घटेर १९१७ दशमलव २८ अंकमा कायम भएको छ । आज २४६ वटा कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया