सानिमा लाइफ र समीट लघुवित्तको सेयर कारोबार फुकुवा

0
Shares

सानिमा लाइफ र समीट लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले मंसर २१ ग्ते बुधबारदेखि दुई कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयर फुकुवा गरेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि नेप्सेले सोही अनुसार आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खरीद बिक्री गर्न मिल्नेगरी कारोबार फुकुवा गरेको हो । यसअघि दुबै कम्पनीले आधारभुत बाहेक अन्यको सेयर कारोबार खुला गर्न नेप्सेमा निवेदन दिएको थिए ।

नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्ससँग मर्जर सम्झौताअघि समीट लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता ९६३.९० रुपैयाँ र रिलायन्स लाइफ इन्स्योरेन्ससँग मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ३४५.९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने भएसँगै लघुवित्तको सेयर असोज २७ गतेदेखि रोक्का थियो । त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्सको सम्झौता भएसँगै असार २९ गते देखि सेयर कारोबार रोक्का थियो ।

समीट लघुवित्तसँग मर्जरमा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर कारोबार मंसिर २१ गते बुधबारदेखि नै सुचारु भैसकेको छ भने सानिमा लाइफसँग मर्जरमा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भने अझै रोक्का छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहिबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।