नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म ५ लघुवित्तले आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणा गरेका छन्। लघुवित्त कम्पनीहरुले अघिल्लो आवको तुलनामा बढाएर लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
लाभांश घोषणा गर्ने कम्पनीहरुमा जाल्पा सामुदायिक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, र आरएसडिसी लघुवित्त रहेका छन् । जसमध्ये जाल्पा सामुदायिक लघुवित्तले सबैभन्दा धेरै लाभांश दिएको छ ।
जाल्पाले ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद गरी कुल ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जाल्पाले सर्वसाधारणमा सेयर जारी पहिलो पटक लाभांश वितरण गरेको हो ।
यसैगरी साना किसान लघुवित्तले लाभांश पनि अघिल्लो आवभन्दा गत आवमा बढेको छ । अघिल्लो वर्ष २६.३२ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत आवबाट २७.३७ प्रतिशत नै लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । अघिल्लो आवमा २५ प्रतिशत बोनस र कर तिर्नका लागि १.३२ प्रतिशत नगद वितरण गरेको थियो ।
त्यस्तै, आरएमडिसी लघुवित्तले चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद गरी कुल २७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कम्पनीको लाभांश दर बढेको हो । अघिल्लो आवमा कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसैगरी फस्ट माइक्रोफाइनान्स लघुवित्तले गत आवबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अघिल्लो आवबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।
आरएसडिसी लघुवित्तले पनि अघिल्लो आवको तुलनामा बढाएर लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीहरूका चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आवमा भने कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद मात्र वितरण गरेको थियो ।
लाभांश प्रस्ताव गरेका सबै लघुवित्तको सेयर खरिद गर्नेले लाभांश पाउनेछन् सो लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले पाउनेछन् । पाँच वटै लघुवित्तको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक स्वीकृति तथा सम्बन्धीत लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूमा वितरण हुने गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया