सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ ।
आँधिखोला लघुवित्तसँग मर्जर सम्झौतापछि रोक्का रहेको कम्पनीको सेयर कारोबार आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नियमित कारोबारमा आउने भएको हो ।
नेप्सेका अनुसार लघुवित्तले पठाएको मंसिर १९ गतेको पत्राअनुसार आधारभूत बाहेकका सेयरधनीको सेयर कारोबार शुक्रबारदेखि फुकुवा गरिएको हो । कारोबार फुकुवासँगै कम्पनीको सेयर आइतबारदेखि नेप्सेमा खरिद बिक्री हुनेछ ।
आँधिखोला लघुवित्तसँग मर्जर जाने प्रारम्भिक सम्झौता गरेसँगै सिवाईसी लघुवित्तको सेयर कारोबार गत असार २३ गतेबाट नेप्सेले रोक्का राखेको थियो । सिवाईसी लघुवित्तसँगै मर्जर प्रयोजनका लागि रोक्का रहेका २० वटा कम्पनीको सेयर कारोबार नेप्सेले फुकुवा गरिसकेको छ । मर्जर प्रक्रियामा रहेका अझै १५ वटा कम्पनीको सेयर कारोबार रोक्का नै छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया