पिपुल्स हाइड्रोपावरको आईपीओ डिम्याट खातामा आयो, कहिले खुला होला कारोबार ?

0
Shares

पिपुल्स हाइड्रोपावरको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) सम्बन्धीत सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।

कम्पनीको सेयर मंसिर २३ गते शुक्रबार लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिएको हो । सो कम्पनीको सेयर डिम्याट खातामा पीएचसिएल (PHCL) कारोबार संकेतमा जम्मा भएको छ ।

पिपुल्स हाइड्रोपावरले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सेयर सूचीकरण गरेको दोस्रो दिनबाट मात्रै कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । यसअनुसार कम्पनीको पहिलो कारोबार न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म खुल्नेछ ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ ।मंसिर गते भएको कम्पनीको सेयर बाँडफाँडमा ५ लाख १५ हजार ७८८ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए । कुल आवेदक सङ्ख्याको ४२ प्रतिशतले सेयर पाउँदा ५८ प्रतिशतको हात खाली भएको थियो ।

आईपीओमा कुल १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएका थिए । बिक्री प्रबन्धकका अनुसार ३ हजार ५४६ जनाको आवेदन रद्द भएको थियो ।पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ जारी गरेको थियो । सो मध्ये ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो । कुल जारी सेयरको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुिहक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार  १९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।