शुभम पावर लिमिटेडले अगामी पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ५८ लाख ५ हजार ८०० रुपैयाँ बराबरको सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ करोड ८० लाख ५८ हजार रुपैयाँको दश प्रतिशतले हुन आउने सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई बिक्री खुला गर्न लागेको हो । जसअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५८ हजार ५८ कित्ता सेयरका लागि पुस २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
शुमभले संखुवासभा जिल्ला चैनपुर नगरपालिकास्थित पिलुवा खोलामा ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६८ साउन १ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया