प्रभु बैंकले ४० लाख कित्ता संस्थापक सेयर लिलामीमा बेच्दै

0
Shares

प्रभु बैंकले संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले मंसिर २८ गतेदेखि ४० लाख कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता सेयर न्यूनतम १२६ रुपैयाँ ताकेर सो सेयरको बिक्री खुला गरेको हो । इच्छुक बैंकका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस १३ गते कार्यालय समयभित्र सेयर खरिदका लागि शिलबन्दी बोलपत्र पशे गर्न सक्नेछन् ।

लगानीकर्ताले १२६ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सकिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।