पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र बुधबारदेखि दोस्रो बजार अर्थात नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचारु हुने भएको छ ।
कम्पनीले मंगलबार सेयर सूचीकृत गरेसँगै भोलिबाट कम्पनीको सेयर कारोबार खुल्ने भएको हो । कम्पनीको पहिलो सेयर कारोबार अधिकतम ३०० रुपैयाँसम्म खुल्ने भएको छ ।
पछिल्लो (आव २०७७/७८) परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको सेयर न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको रेञ्जमा खुल्नेछ । नेप्सेले पहिलो पटक सेयर कारोबारमा आउने कम्पनीलाई वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज दिने गरेको छ ।
मंसिर २६ गते मंगलबार कम्पनीले नेप्सेमा प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ अंकित दरमा ३ करोड २० लाख कित्ता सेयर सूचीकरण भएको छ । उक्त साधारण सेयर मंगलबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर २६ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।
मंसिर ८ गते बाँडफाँड भएको कम्पनीको सेयर २० दिनपछि नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारका लागि कारोबार संकेत पीएचसिएल (एज्ऋी) दिएको छ । संस्थाको यहि कारोबार संकेतमा सेयर कारोबार खुल्नेछ ।
सनिमा क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले कार्तिक २५ देखि २९ गतेसम्म कर्मचारी र म्युचुअल फण्डलाई सहित सर्वसाधारणमा ५६ लाख ६ हजार ३९० कित्ता (१५ प्रतिशत) सेयर बिक्री गरेको थियो । उक्त सेयर मंसिर ८ गते बाँडफाँड भएको थियो । सो अघि कम्पनीले स्थानीय बासिन्दाका लागि भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म ३२ लाख कित्ता (१० प्रतिशत) सेयर खुला गरी २३ लाख ९३ हजार ६१० कित्ता सेयर कार्तिक १७ गते बाँडफाँड भएको थियो । स्थानीयमा अवितरित ८ लाख ६ हजार ३९० कित्ता सेयर समेत सर्वसाधारणमा थप गरेर बाँडफाँड भएको थियो । कम्पनीका संस्थापकहरुको २ करोड ४० लाख कित्ता (७५ प्रतिशत) धितोपत्रमा लगानी रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लघुवित्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुन भएकाले मंसिर २८ गते बुधबारदेखि कम्पनीको सेयर कारोबार सुचारु हुनेछ ।
हाइड्रोपावरको प्रधान कार्यालय काठमाडौं जिल्ला, बुद्धनगर रहेको र सूचीकरण पश्चात् दिनु पर्ने च्त्क् सेवा सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया