कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे ।
पुर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रिया लगायत सचिवालय निर्माण गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण साधारण सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समितिमा उपाध्यक्षहरु अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही रहेकी छिन् ।

साधारण सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदा हुँदै पनि विकासमा पछी परेको बताए ।
उनले कर्णालीमा प्रचुरमात्रामा रहेको जडिबुटी,स्प्रिङ वाटरलाई प्रशोधन गरि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके कर्णालीको छिटो विकास हुने बताए ।
कार्यक्रममा परिसंघ प्रदेश तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, वाग्मति उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी लगायत सहभागीता थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया