तेज र कस्मस ब्रान्ड नामबाट सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको कस्मस सिमेन्ट उद्योगको रेटिङ इक्राले वीथड्रल गरेको छ ।
सन् २००० मा स्थापना भएको कस्मस सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकरको उत्पादन तथा वितरण गर्दै आएको छ । प्रति वर्ष १ लाख ६५ हजार मेट्रिक टन क्लिंकर, र ९९ हजार मेट्रिक टन ग्राइन्डिङ क्षमता उद्योगको रहेको छ । उद्योगले तेज ग्रोल्ड ब्रान्ड नामबाट अडिनरी पोर्टलयान्ड सिमेन्ट (ओपिसी) र तेज र कस्मस ब्रान्ड नामबाट पोर्टल्यानड पोज्जोलना सिमेन्ट (पिपिसी) को उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
यस अघि १ अर्ब ७५ करोड ४७ लाख ७० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाको लागि इक्राले कस्मस सिमेनट उद्योगलाई डबल बी माइन्स र ए४ रेटिङ गरी ‘इस्सुअर नट कोपअरेटिङ’को सूचीमा सूचीकृत गरेको थियो । कर्जा रेटिङको अवधि ६ महिनाका लागि मात्रै वैधानिक मानिन्छ । ६ महिनाको अवधि समाप्त भएपछि रेटिङ पुनपुष्टिका लागि इक्राले सम्पर्क गर्दा उद्योगले कुनै सक्रियता नदेखाएको इक्राले जनाएको छ ।
अन्तत: रेटिङको नियम अनुसार आवश्यक जानकारी नहुँदा र उद्योगले वित्तीय जानकारी नगराउँदा इक्राले रेटिङ वीथड्रल गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया