चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यससँगै कम्पनीको सेयरधनीहरुको यो वर्ष पनि हात खाली भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरणहरु स्वीकृत गर्दै बिना लाभांश १३ औं वार्षिक साधारण सभा डाकेको छ ।
बैठकले पुस २१ गते बिहीबार परियोजना कार्यालय थानकोट परिसरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभाले गत आर्थिक २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १२ गते मंगलबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार पुस ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीमा मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया