अघिल्लो वर्ष सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत गरी ४६ प्रतिशत नगद लाभांश वितरण गरेको एक फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
अघिल्लो वर्ष आकर्षक लाभांश वितरण गरेको मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट भने सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गर्ने भएको हो ।
फाइनान्सको पुस १ गते शुक्रबार अपरान्ह १ बजे बसेको सञ्चालक समितिको २३६ औं बैठकबाट गत आवको सञ्चित मुनाफा र आव २०७८।७९ को वित्तीय विवरण प्रतिवेदनको आधारमा संस्थाका सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको छ ।
साथै बैठकले संस्थाको आव २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण र अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय भएको कम्पनी सचिव विकास राज शाक्यले जानकारी दिए ।
कम्पनीको वासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि फाइनान्सले साधारण सभा बोलाउनेछ ।
मन्जुश्री फाइनान्सले अघिल्लो आव २०७७/७८ बाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करका सहित ६ प्रतिशत नगद लाभांश गरी कुल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया