पुस सुरुवातमै नेप्से साढे २७ अंकले घट्यो, साढे १८ सयमा झर्‍यो सूचक

0
Shares

पुस महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक सूचक नेप्से २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा झरेको छ ।

आइतबार सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर २६ हजार ६६१ वटा संख्यामा खरिद बिक्री भएको छ । आज कारोबार रकम १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँमा समेटिएको छ ।

नेप्से १ हजार ९०० बिन्दुभन्दा तल झरेपछि लगानीकर्ताको मनोबल घटेको छ । आइतबारको उच्च गिरावटका कारण बजारमा लगानी थप्न चाहनेहरु डराइरहेका छन् । भोलि बजार अझै घट्नसकने आंकलनका साथ उनीहरुले बजारमा लगानी गरेका छैनन् । लाभांशको सिजनमा नै बजारमा देखिएको वियरिस प्रवृत्तिका कारण लगानीकर्ताहरु सेयर बजारमा गरिने लाभांशले घट्दो मूल्य थेग्न नसक्ने आंकलन गरिरहेका छन् ।

ी दीर्घकालीन लगानीका लागि राम्रो लाभांश क्षमता भएका, वित्तीय रुपमा सबल, कुशल व्यवस्थापन भएका, र मूल्य आम्दानी अनुपात २० गुणा हाराहारीमा रहेका कम्पनीहरुमा गरिने योजनाबद्ध लगानीले रिक्सभन्दा बढी रिवार्ड दिने जानकारहरु बताउँछन् । पुस महिनामा बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीले कर्जाको सावाँ तथा ब्याजका भुक्तानी गर्नुपर्ने, वार्षिक क्यालेन्डर अनुसार सरकारले आन्तरिक ऋण उठाउने र सरकारी ढुकुटीमा करको रुपमा जाने भएकाले सेयर बजार बुलिस ट्रेण्डमा गइहाल्ने अवस्था देखिन्न ।

कारोबार रकममा आधारमा शीर्ष स्थानमा रहेको कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको २ लाख १ हजार ९३७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यस्तै दोस्रोमा रहेको रिडी हाइड्रोपावर ५ करोड ४३ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकम ४ करोड ८९ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टस्, सिवाईसी नेपाल लघुवित्त, सेञ्चुरी बैंक, नेपाल बैंक र महालक्ष्मी विकास बैंक शीर्ष दश ठूलो कारोबार हुनेमा अटाएका छन् ।

आजको बजारमा इस्टर्न हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ (२६.१० रुपैयाँ) बढेर २८७.४० रुपैयाँ पुगेको छ । यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को इकाईमूल्य ९.३५, धौलागिरी लघुवित्तको ८.२०, खप्तड लघुवित्त ६.११ र बुद्धभुमी नेपाल हाइड्रोपारको ४.०१ प्रतिशतले सेयरमूल्य बढेको छ । उन्नति सकार्य लघुवित्त, नयाँ सारथी लघुवित्त, उपकार लघुवित्त, आदर्श लघुवित्त र एनआईबिएल समृद्धि फन्डको इकाईमूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता सेयर बजार ओरालो लागेसँगै आजको बजारमा दुई कम्पनीको सेयर मुल्य १० प्रतिशतल घटेर नकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युतको सेयरमूल्य ८१.७० रुपैयाँ र पिपल्स हाइड्रोपावरको सेयरमूल्य २४.२३ रुपैयाँ घटेर क्रमशः ७३५.४० रुपैयाँ तथा २१८.७० रुपैयाँमा झरेको छ ।

यस्तै आइतबार माहालक्ष्मी विकास बैंकको सेयरमूल्य ७.३१, मञ्जुुश्री फाइनान्सको ७.१३ र सिटिजन म्यच्युअल फण्ड-२ को इकाई मूल्य ६.७० प्रतिशतले घटेको छ ।आरबिबि म्युचुअल फन्ड-१, विशाल बजार कम्पनी, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र रिलायन्स फाइनान्स शीर्ष गुमाउने दश कम्पनीभित्र परेका छन् । आइतार दशौं ठूलो सेयरमूल्य घटेको रिलायन्स फाइनान्सको ४.६७ प्रतिशतले मूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।