एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ५ गते मंगलबार एक दिन बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार पुस ४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
लाभांश पारित गर्न कम्पनीले पुस २० गते बुधबार साधारण सभा आह्वान गरेको छ । कम्पनीले अम्रपाली ब्यान्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे सभा डाकेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको नाफाबाट लगानीकार्तालाई चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।
यस्तै अन्य प्रस्तावहरुमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमाथि छलफल गरी पारित हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया