फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा घटाएर लाभांश प्रस्ताव गरेको छ ।
अघिल्लो आवमा सेयरधनीलाई ४२ प्रतिशत लाभांश बाँडेको कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ बाट १२ प्रतिशत बिन्दु कम अर्थात चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
लघुवित्त सञ्चालक समितिको पुस ४ गते सम्पन्न बैठकले चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशतका दरले ४ करोड २२ लाख २२ हजार ५४९ रुपैयाँ ३७ पैसा नगद गरी कुल ३० प्रतिशत (२५ करोड ३३ लाख ३५ हजार २९७ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी ८४ करोड ४४ लाख ५० हजार ९८७ रुपैयाँ रहेको छ । प्रस्तावित चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने २१ करोड ११ लाख १२ हजार ४४७ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार ७३५ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट कम्पनीले चुक्ता पूँजीको ३७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया