भिजन इनर्जी एण्ड पावर लिमिटेडले साधारण सभाबाट सर्वसाधारणमा सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले पुस २९ गते आह्वान वार्षिक साधारण सभाले आइपीओ जारी गर्ने सहितका अन्य प्रस्तावहरु पारित गर्ने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नयाँ बानेश्वर, काठमाडौंबाट भर्चुअल विधि मार्फत बिहान ११ बजे बोलाइएको छ ।
सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । यस्तै कम्पनीको सञ्चालक समिति गठन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
साथै सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
यसैगरी आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५० मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना”ले आईपीओ जारी गर्नएनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरको अधिकतम जम्मा ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण शेयर आईपीओ जारी गर्ने भएको हो । जसमा आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया