माछापुच्छ्रे बैंकले यो पटक लाभांश बिनै डाक्यो साधारण सभा

0
Shares

माछापुच्छ्रे बैंकले यस पटक लाभांश बिना नै २४ औं वार्षिक साधारण सभा डाकेको छ ।

माछापुच्छ्रे बैंकले सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको भएपनि गत आवमा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले बैंकलाई लाभांश वितरणमा रोक लगाएको हो ।

राष्ट्र बैंकबाट लाभांशमा रोक लगेसँगै बैंकले आर्थिक वर्ष अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

माछापुच्छ्रे बैंकले पनि लाभांश वितरण नगर्ने

बैंक सञ्चालक समितिको पुस ७ गते बिहीबार बसेको बैठकले पुस २९ गते शुक्रबार वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको छ । भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आह्वान गरिएको छ ।

सभामा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी निर्णय गर्न तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखेको छ ।

सभाले सञ्चालक समितिका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।

बैंकले सभा प्रयोजनका लागि पुस १७ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।