श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको लाभांशसँगै आह्वान गर्‍यो एजीएम

0
Shares

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांशसँगै साधारण सभा समेत आह्वान गरेको छ ।

फाइनान्स कम्पनी सञ्चालक समितिको पुस ७ गते बिहीबार बसेको बैठकले चुक्ता पुँजीको २.४० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.२० प्रतिशत नगद लाभांश गरी कुल ७।६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अनुमोदन गर्न फाइनान्सको सोही बैठकले पुस २९ गते शुक्रबार २८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौ डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्ने, बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

यसैगरी फाइनान्सले संस्थापक सेयर हिस्सा समेत घटाउने भएको छ । फाइनान्स कम्पनीले सेयर संरचना परिमार्जन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्न लागेको हो । हाल कम्पनी संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ५३.३२ प्रतिशत र ४६.६८ प्रतिशत रहेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ ।

फाइनान्स कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १९ गते मंगलबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १८ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।