आरएसडीसी लघुवित्तको पुस २९ गते साधारण सभा आह्वान

0
Shares

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ वार्षिक साधारण सभा डाकेको छ ।

संस्थाको सञ्चालक समितिको पुस ७ गते बिहीबार बसेको बैठकले पुस २९ गते रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा बिहान ९ बजे साधारण सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ ।  सभाले वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी वृद्धि गरी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १५ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।