गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।
लाभांश सहितका अन्य प्रस्तावहरु प्रस्ताव पारित गर्न लघुवित्तले ३० गते शनिबार भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे साधारण सभा डाकेको छ ।
लघुवित्तको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.२१ प्रतिशत (२ लाख ५ हजार २६३ रुपैयाँ) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभामा अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक बाँकी अवधिको लागि नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।
लघुवित्त कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ पुस २० गते बुधबारदेखि पुस ३० गते शनिबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।










प्रतिक्रिया