होटल माइस्टीक माउन्टेन प्रालिको रेटिङ वीथड्रल

0
Shares

रेटिङ एजेन्सी इक्राले होटल माइस्टीक माउन्टेन प्रालिको रेटिङ वीथड्रल गरेको छ ।

यस अघि ५४ करोड बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि होटलले रेटिङ गराएको थियो । रेटिङ पुनरपुष्टिका लागि इक्रा नेपालले होटलसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका होटललाई रेटिङ वीथड्रल गर्ने सूचीमा राखेको थियो ।

६ महिनासम्म होटलबाट कुनै प्रतिक्रिया नआएपछि क्रेडिट रेटिङ नियमावली २०११ अनुसार इक्राले रेटिङ वीथड्रल गरेको छ ।

सन् २०१७ मा नगरकोटमा होटल माइस्टीक माउन्टेनको स्थापना भएको थियो । चार तो रिर्सोट शैलीमा निर्माण गरिएको उक्त होटल नगरकोटको ३.५ एक्कर जमिनमा निर्माण भएको छ ।

लामो समयदेखि होटल सञ्चालन गरिरहेका बालकृष्ण धोजु होटलका संस्थापक तथा अध्यक्ष रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।