छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार तोलामा २०० रुपैयाँले भाउ बढेको हो ।
आइतबार तेजावी सुनको मूल्य पनि तोलामा २०० रुपैयाँले बढेर तोलाको १ लाख रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार ३९० रुपैयाँ रहेको छ । यो भाउ शुक्रबार कारोबार भएकै भाउ हो ।
अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदी शुक्रबार प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज क्रिसमस परेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निर्धारण भएको छैन । शुक्रबार प्रतिऔँस अमेरिकी डलर १७९८.५८ तथा चाँदी २३.७४ डलरमा कारोबार भएको थियो ।










प्रतिक्रिया