सानिमा लाइफका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने, नयाँ बोनसदर सार्वजनिक

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो ।

कम्पनीको मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरु, मृत्यु दाबी, चुक्ता मुल्य दाबीको लागि उक्त अवधिसम्म लाूु हुनेगरी बोनसदर घोषणा गरिएको हो । साथै अर्को बीमाङ्कीय मुल्याङकन बीमा प्राधिकरणबाट नयाँ व्यववस्था नभएसम्मको लागि घोषणा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम २० देखि ७० रुपैयाँसम्म बोनसदर कायम गरिएको छ ।

१. सवाधिक जीवन बीमा योजना (रेगुलर)

कम्पनीले यस बीमा योजनामा न्यूनतम प्रतिहजार ३५ देखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत नौं वर्षसम्म प्रतिहजार ३५ रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, पन्ध्र देखि उन्नाइस वर्ष अवधिको लागि ४० रुपैयाँ, बीस देखि चौबिस वर्ष अवधिको लागि ४५ रुपैयाँ र पच्चिस वर्षदेखि धेरै अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

२. सवाधिक जीवन बीमा योजना (एकल)

कम्पनीले यस बीमा योजनामा न्यूनतम प्रतिहजार ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत नौं वर्षसम्म प्रतिहजार ३५ रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्षको लागि ३८ रुपैयाँ, बीस देखि चौबिस वर्ष अवधिको लागि ४३ रुपैयाँ र पच्चिस वर्षदेखि धेरै अवधिको लागि प्रतिहजार क६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

३. त्रिपल सवाधिक बीमा योजना

कम्पनीले यस बीमा योजनामा न्यूनतम प्रतिहजार २० देखि ३० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत दशदेखि चौध वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ, पन्ध्र देखि उन्नाइस वर्ष अवधिको लागि २० रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि २५ रुपैयाँ र पच्चिस वर्षदेखि धेरै अवधिको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

४. दम्पति सवाधिक बीमा योजना

कम्पनीले यस बीमा योजनामा न्यूनतम प्रतिहजार २० देखि ३० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि २० रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि २५ रुपैयाँ र पच्चिस वर्षदेखि धेरै अवधिको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

५. सवाधिक तथा आजीवन बीमा योजना

कम्पनीले यस बीमा योजनामा न्यूनतम प्रतिहजार ३५ देखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

जसअन्तर्गत नौं वर्षसम्म प्रतिहजार ३५ रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि ३५ रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि ३९ रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि ४४ रुपैयाँ र पच्चिस वर्षदेखि धेरै अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

६. अग्रिम भुक्तानी बीमा योजना

कम्पनीले यस अग्रिम भुक्तानी बीमा योजना बीमलेखमा न्यूनतम प्रतिहजार ३२ देखि ४२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत बीमा पोलिसीको दशदेखि चौध वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि ३७ रुपैयाँ र बीसदेखि चौबिस वर्ष अवधिको लागि प्रतिहजार ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

७. वार्षिक अग्रिम भुक्तानी बीमा योजना

कम्पनीले यस वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको बीमलेखमा न्यूनतम प्रतिहजार १९ देखि अधिकतम २१ रुपैयाँ बोनसदर कायम गरेको छ । जसअन्तर्गत पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि प्रति हजार १९ रुपैयाँ र बीसदेखि चौबिस वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

बीमितको धेरै आकर्षण १५ देखि १९ वर्ष अवधिको बीमा पोलिसीमा, बोनस मध्यम मात्रै

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको यस बोनसदर र विभिन्न वर्षमा बिक्री भएको बीमालेखलाई हेर्ने हो भने सबै प्रकारका बीमा पोलेसीमा बीमितको धेरै आकर्षण देखिएको छ ।

कम्पनीको सवाधिक जीवन बीमा योजना (रेगुलर) मा कम्पनीले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । यो योजनामा १५ देखि १९ वर्ष अवधिको सर्वाधिक १० हजार ४९२ वटा बीमालेख बिक्री भएको छ । जसको बोनसदर प्रतिहजार ४० रुपैयाँ छ ।

यस्तै सवाधिक जीवन बीमा योजना (एकल) मा कम्पनीले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । यो योजनामा १५ देखि १९ वर्ष अवधिको सर्वाधिक २६९ वटा बीमालेख बिक्री भएको छ । जसको बोनसदर प्रतिहजार ३८ रुपैयाँ छ ।

त्रिपल सवाधिक बीमा योजनामा कम्पनीले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । यो योजनामा १५ देखि १९ वर्ष अवधिको सर्वाधिक ६१९ वटा बीमालेख बिक्री भएको छ । जसको बोनसदर प्रतिहजार २० रुपैयाँ छ ।

उता दम्पति सवाधिक बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको सर्वाधिक १ हजार ११२ वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले योजनामा कम्पनीले न्युनतम प्रतिहजार २० देखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । धेरै बिक्री भएको १५ देखि १९ वर्ष अवधिको बीमालेखमा बीमितहरुले २० रुपैयाँ मात्र बोनस पाउनेछन् ।

यसैगरी सवाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले न्यूनतम प्रतिहजार ३५ देखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । सर्वाधिक १ हजार ७१२ वटा बीमापोलिसी बिक्री भएको १५ देखि १९ वर्ष अवधिको बीमालेखमा बीमितहरुले ३९ रुपैयाँ मात्र बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि अवधिको सर्वाधिक ५४६ वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले योजनामा कम्पनीले न्युनतम प्रतिहजार ३२ देखि ४२ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । धेरै बिक्री भएको १५ देखि १९ वर्ष अवधिको बीमालेखमा बीमितहरुले ३७ रुपैयाँ मात्र बोनस पाउनेछन् ।

त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा न्युनतम प्रतिहजार १९ देखि २१ रुपैयाँसम्म बोनसदर तोकेको छ । सर्वाधिक २ हजार १८५ वटा बीमापोलिसी बिक्री भएको २० देखि २४ वर्ष अवधिको बीमालेखमा बीमितहरुले २१ रुपैयाँ मात्र बोनस पाउनेछन् ।

कम्पनीको विभिन्न अवधिका पोलिसीहरुमध्ये सबैभन्दा धेरै बीमितहरुले १५ देखि १९ वर्ष अवधिको पोलिसी रुचाएको देखिन्छ । तर आर्थिक वर्ष २०७७/७८ को लागि प्रकाशित बोनसदर हेर्न हो भने यो धेरै रुचाइएको अवधिको बीमालेखमा कम्पनीहरुले मध्यम मात्र बोनसदर दिने गरेको देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।