अजोड इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरुले लगातार पाँच वर्षसम्मपनि लाभांश नपाउने भएका छन् । पाँचौं वार्षिक साधारण सभासम्म कम्पनीले सेयरधनीहरूकाे हात खाली बनाएको हो ।
कम्पनीले बिना लाभांश यहि पुस ३० गते शनिबार पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको ११३ औ बैठकले पुस ३० गते शनिबार युनाइटेड बल्ड सेन्टरको तेस्रो तल्लामा पाँचौं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई बोनस तथा नगद लाभांश वितरण नगर्ने भएसँगै पाँचौं वार्षिक साधारण सभासम्म कम्पनीले सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश दिन नसकेको हाे । लाभांश प्रस्ताव नगरेको कम्पनीले सभाबाट सामान्य प्रस्तावहरु मात्रै पारित गर्ने, साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत २०७८/७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।
सामान्य प्रस्ताव अन्तर्गत कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गते शुक्रबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस २१ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।
अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका छन् । कम्पनील यसअघि विशेष साधारण सभा मार्फत मर्जरका लागि आवस्यक प्रकृया अगाडि बढाउन स्वीकृति लिइसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया