सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनीक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत भएसँगै बोनसदर सार्वजनक गरेको हो ।
कम्पनीले आफ्ना बीमतलाई प्रतिहजार न्यूनतम २० देखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनु गने उक्त बोनसदर सार्वजनीक गरिएको कम्पनीले जनाएको छ । साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङ्कन स्वीकृत नभएसम्मका लागि सोही बोनसदर लागू हुनेछ ।
कम्पनीले विभिन्न बीमालेखमा दिने बोनसदर यस्तो छः-
१. सन् लाइफ सावधिक जीवन बीमालेख
कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेखमा न्यूनतम प्रतिहजार ३० देखि ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । जसअन्तर्गत ९ वर्षसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि ३० रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि ३५ रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि ६० रुपैयाँ र पच्चिस वर्ष वा सोभन्दा धेरै अवधिको लागि अधिकतम प्रतिहजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
२. भाग्योदय जीवन बीमालेख
कम्पनीको एकल भुक्तानी सावधिक अन्तर्गतको भाग्योदय जीवन बीमालेखमा न्यूनतम ३० देखि ७५ रुपैयाँसम्म बोनसदर कामय भएको छ । जसअन्तर्गत ९ वर्षसम्मको लागि प्रति हजार ३० रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि ३० रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि ३५ रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि ६० रुपैयाँ र पच्चिस वर्ष वा सोभन्दा धेरै अवधिको लागि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको हो ।
३. बाल समृद्ध जीवन बीमालेख
बाल सावधिक बीमा अन्तर्गतको बाल समृद्ध जीवन बीमालेखमा पनि कम्पनीले न्यूनतम ३० देखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
जसअन्तर्गत दशदेखि चौध वर्ष अवधिको लागि प्रतिहजार ३० रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि ३५ रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र पच्चिस वर्ष वा सोभन्दा धेरै अवधिको लागि अधिकतम प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
४. नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)
नवीन आजीवन जीवन बीमा योजनाको सावाधिक तथा आजीवन बीमातर्फको कम्पनीले न्यूनतम ३० देखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । जसअन्तर्गत कम्पनीले नौं वर्षसम्म अवधिको लागि प्रति हजार ३० रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, बीसदेखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र पच्चिस वर्ष वा सोभन्दा धेरै अवधिको लागि अधिकतम प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
५. सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन
सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधिका लागि एक हजार पाँच सयमा प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ ।
६. सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु
सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत)मा कम्पनीले न्यूनतम प्रतिहजार २० देखि अधिकतम ३० रुपैयाँ बोनसदर कायम गरेको छ । जसअन्तर्गत दशदेखि चौध वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि २५ रुपैयाँ र बीस वर्ष वा सोभन्दा धेरै अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।
७. धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा
सन् नेपाल लाइफले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्यूनतम प्रतिहजार २० देखि अधिकतम ३० रुपैयाँ बोनसदर कायम गरेको छ । जसअन्तर्गत नौं वर्षसम्म अवधिको लागि प्रति हजार २० रुपैयाँ, दशदेखि चौध वर्ष अवधिको लागि २० रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्ष अवधिको लागि २५ रुपैयाँ र बीस वर्ष वा सोभन्दा धेरै अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया