आधा शतक बढेको बजारमा टेलिकम सहित यी हुन् शीर्ष कारोबार हुने १० कम्पनी

0
Shares

सोमबार नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ बिन्दुमा पुगेको छ । सेयर बजारमा गुल्जार छाउँदा आज कारोबार रकम समेत ९७ करोड ७३ लाख रुपैयाँले बढेर बढेर २ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

आजको बजारमा सर्वाधिक नेपाल टेलिकमको २० करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भयो । त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी हाइड्रोपावरको ७ करोड २६ लाख र एनआइसी एशिया बैंकको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैक, शिवम् सिमेन्ट, अपि पावर, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएका छन् ।

सोमबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैकको ५ करोड ३४ लाख, शिवम् सिमेन्टको ४ करोड ६४ लाख, अपि पावर ३ करोड ८३ लाख, घलेम्दी हाइड्रोपावरको ३ करोड ७२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णयसँगै घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा उछाल आएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।