बैंकिङ कसुरका चार दोषी अदालतमा पेस

0
Shares

बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त मुद्दाका दोषी मकवानपुको हेटौँडा उपमहानगरपालिका–३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्यव नगरपालिका–१० बस्ने ३५ वर्षीय रामसुन्दर कार्की र गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरुलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

उनीहरूमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार जरिवाना, विकासलाई १५ दिन कैद र रु ४२ लाख जरिवाना, राम सुन्दरलाई चार दिन कैद र १५ लाख ९२ हजार जरिवाना र नवराजलाई १० दिन कैद तथा रु २९ लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।