गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश घटेको छ ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न यसअघि प्रस्ताव गरेको लाभांश संसोधन गर्दै घटाएको हो । पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
संशोधनअघि फाइनान्सले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.३७ प्रतशित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएपछि फाइनान्सले लाभांश संशोधन गरेको हो । संसोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया