गरिमा क्यापिटलद्धारा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ सहायताकक्ष सञ्चालन

0
Shares

गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष सञ्चालनमा ल्याएको छ ।

विदेशमा रोजगारीका लागि पुगेका ग्राहकहरुको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली सेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषयबारे जानकारीे तथा सहजीकरण गर्न सहायताकक्ष सञ्चालन गरिएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।

उनका अनुसार सहायताकक्षबाट बैंकमा रेमिट्यान्स बचत खाता खोल्न, डिम्याट/हितग्राही र मेरोशेयर खाता खोल्न, बैंकबाट सिआरएन नम्बर लिन तथा सार्वजनिक निष्काशनमा आवेदन दिनको लागि गर्नुपर्ने विषयबारे ग्राहकको विज्ञासा अनुसार जानकारी दिइनेछ ।

गरिमा क्यापिटल लिमिटेडले उक्त सेवा प्रवाह गर्न क्यापिटलको ल्याण्डलाईन नम्बर, भाइबर तथा ह्वाट्स एप मार्फत समेत जानकारी दिनेछ । ग्राहकहरुले उपरोक्त प्रयोजनको लागि वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता र हितग्राही तथा मेरो सेयर खाता गरिमा विकास बैंक लिमिटेडको वेवसाईटमा गई वा अनलाइन मार्फत लिंक मा क्लिक गरी आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर आरक्षण गर्दै नेपाल धितोपत्र बोर्डले “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” जारी गरेको छ । उक्त निर्देशिका अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्टयाउनुपर्छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आरक्षित गरिएको आईपीओमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्डहरु पूरा गरेको हुनुपर्दछ ।

१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्पmत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्छ ।

२. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्छ ।

३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) नम्बर लिनुपर्नेछ ।

४. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ) आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

थप विस्तृत जानकारीका लागि क्यापिटललको ल्याण्डलाईन नम्बर ०१४५२९१४९-५०, ४५१६६९१ वा श्रवण दाहाललाई ९८४७३७९००९ तथा शशी कुइँकेललाई ९८४७३७९०१० नम्बरहरुमा सोझै वा भाइबर, ह्वाटस् एप वा बोटिम मार्फत सम्पर्क गर्न सक्ने बताइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।