नेपाल सरकारले गत आर्थिक वर्ष २०७८/७९ मात्रै भारतबाट सवा ६ अर्ब रुपैयाँ बराबरको अलकत्रा आयात गरेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भारतबाट ६ अर्ब २५ करोड रुपैयाँ बराबरको अलकत्रा नेपाल भित्रिएको हो । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले कम हो ।
केन्द्रिय बैंकको तथ्यांक अनुसार अघिल्लो आवमा भने ६ अर्ब ५६ करोड रुपैयाँ बराबरको अलकत्रा आयात भएको थियो । आव २०७६/७७ को तुलनामा भने यो रकम २० प्रतिशतले बढी हो । सो अवधिमा सरकारले भारतबाट पाँच अर्ब ४६ करोड रुपैयाँ बराबरको अलकत्रा आयात भएको तथ्यांकमा उल्लेख छ।
त्यस्तै गत आवमा १६ अर्ब ५१ करोड रुपैयाँ बराबरको कोइला भारतबाट नेपाल आयात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा १८७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा पाँच अर्ब ७४ करोड रुपैयाँ बराबरको कोइला आयात भएको थियो।
त्यस्तै, गत आवमा भारतबाट दुई अर्ब ९८ करोड रुपैयाँ बराबरको सुर्ति आयात भएको छ । १७ अर्ब ५२ करोड रुपैयाँ बराबरको मात्रै धागो आयात भएको छ । साथै गत आवमा भारतबाट ६ करोड रुपैयाँ बराबरको चिया भारतबाट नेपाल आयात भएको छ ।
एक अर्ब ८३ करोड रुपैयाँ बराबरको अगरबती आयात भएको छ भने आठ अर्ब ६९ रुपैयाँ बराबरको कागज आयात भएको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया