मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन पाँच वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुधबार बुकक्लोज तोकेका कम्पनीहरुको बोनस सेयरपछि नयाँ भाउ तोकेको हो । बुधबार बुकक्लोज तोकेका पाँच कम्पनीको समायोजित सेयरमूल्य यस्तो रहेको छ ।
सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३०१ रुपैयाँ ३३ पैसा कायम भएको छ । मंगलबार बैंकको सेयर अन्तिम पटक ३३९ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता २८७ रुपैयाँ ७७ पैसा कायम भएको छ । मंगलबार बैंकको सेयर अन्तिम पटक २९६ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।
आजै सेयरमूल्य समायोजन भएको अर्को बैंक लुम्बिनी विकासको ३ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३३६ रुपैयाँ ८९ पैसा कायम भएको छ । मंगलबार बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ३४७ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता २११ रुपैयाँ ९३ पैसा कायम भएको छ । मंगलबार हाइड्रोपावरको सेयर अन्तिम पटक प्रतिकित्ता २२२ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिन्धबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनसमा पनि आजै सेयर मूल्य समायोजन भएको छ । बिन्धबासिनी हाइड्रोपावरको बोनस सेयर सेयर समायोजनपछि प्रतिकित्ता ३६५ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । मंगलबार हाइड्रोपावरको सेयर अन्तिम पटक प्रतिकित्ता ३८४ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया