शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सभा प्रयोजनको लागि पुस २० गते सेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ ।
कम्पनीले पुस २९ गतेका आह्वान गरेको सातौं वार्षिक साधारण सभा प्रयोजनको लागिे पुस २० गते बुधबार बुकक्लोज गर्ने भएको हो । बुकक्लोज अनुसार पुस १९ गते मंगलबारसम्म कायम रहने सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुने सक्नेछन् ।
शिवम् सिमेन्ट्सले गत आवबाट चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते शुक्रबार सामना होटल, मकवानपुरमा बिहान १० बजे सभा आह्वान गरेको छ ।
सभा ले आगामी चारवर्षे कार्यकालका लागि कम्तिमा १ जना महिला सहित पाँचजना सञ्चालकहरूको निर्वाचन समेत गर्ने कार्यक्रम तय गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया