यूनियन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७३ रुपैयाँसम्म पाउने

0
Shares

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट पुस ६ गते कम्पनीको आव २०७७/७८ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्ना बीमितहरुलाई न्यूनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । उक्त बोनस मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका जीवन बीमालेखहरुमा वितरण हुनेछ ।

कुन योजनामा कति ताेकियाे बाेनसदर ?

१. सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना

कम्पनीले सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा बीमितलाई न्यूनतम प्रतिहजार २९ देखि अधिकतम ७१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजनामा अन्तर्गत कम्पनीले नौं वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, दशदेखि चौध वर्षसम्म ३९ रुपैयाँ र पन्ध्र देखि उन्नाइस वर्षसम्मका लागि प्रतिहजार ४४ रुपैयाँ बोनस कायम भएको छ ।

त्यस्तै कम्पनीले बीस देखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

२. सीमित भुक्तानी सावजधिक जीवन बीमा योजना (एकल)

युनियन लाइफले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना (एकल) मा बीमितलाई न्यूनतम प्रतिहजार २६ देखि अधिकतम ४१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजना अन्तर्गत दश देखि चौध वर्षसम्मअवधिको लागि प्रति हजार २६ रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्षसम्मका लागि प्रतिहजार २८ रुपैयाँ बोनस कायम भएको छ ।

त्यस्तै कम्पनीले बीस देखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

३. सीमित भुक्तानी सावधिक जीवन बीमा योजना (रेगुलर)

कम्पनीको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना (रेगुलर) का लागि न्यूनतम प्रतिहजार २९ देखि अधिकतम ७१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजना अन्तर्गत दश देखि चौध वर्षसम्मअवधिको लागि प्रति हजार २९ रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्षसम्मका लागि प्रतिहजार ३४ रुपैयाँ बोनस कायम भएको छ ।

त्यस्तै कम्पनीले बीस देखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ३९ रुपैयाँ र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

४. सावाधिक तथा आजीवन जीवन बीमा योजना

कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितहरुलाई न्यूनतम प्रतिहजार ३९ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजना अन्तर्गत कम्पनीले नौं वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, दश देखि चौध वर्षसम्मअवधिको लागि प्रति हजार ३९ रुपैयाँ र पन्ध्रदेखि उन्नाइस वर्षसम्मका लागि प्रतिहजार ४४ रुपैयाँ बोनस कायम भएको छ ।

त्यस्तै कम्पनीले बीस देखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

५. सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना

युनियन लाइफले सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा समान प्रतिहजार ५० रुपैयाँ बोनस निर्धारण गरेको छ । कम्पनीले ९ वर्ष अवधि, दश देखि चौध वर्षसम्म, पन्ध्रदेखि उन्नाइस वर्षसम्म र बीस देखि चौबिस र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि पनि प्रतिहजार ५० रुपैयाँ नै बोनस तोकेको हो ।

६. वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना

कम्पनीको अग्रिम भुक्तानी जीवन बीमा योजनामा बीमितहरुलाई न्यूनतम प्रतिहजार १९ देखि अधिकतम २७ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजना अन्तर्गत कम्पनीले नौं वर्ष अवधिसम्मको लागि प्रतिहजार १९ रुपैयाँ, दश देखि चौध वर्षसम्मअवधिको लागि प्रति हजार २२ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै कम्पनीले पन्ध्रदेखि उन्नाइस वर्षसम्मका लागि प्रतिहजार २७ रुपैयाँ तथा बीस देखि चौबिस वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

७. अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

कम्पनीको अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा बीमितहरुलाई न्यूनतम प्रतिहजार २४ देखि अधिकतम ४१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यस बीमा योजना अन्तर्गत कम्पनीले दश देखि चौध वर्षसम्मअवधिको लागि प्रति हजार २४ रुपैयाँ, पन्ध्रदेखि उन्नाइस वर्षसम्मका लागि प्रतिहजार २७ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै कम्पनीले तथा बीस देखि चौबिस वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

८. जीवन आधार जीवन बीमा योजना

कम्पनीको जीवन आधार जीवन बीमा योजनामा समान प्रतिहजार ५० रुपैयाँ बोनस निर्धारण गरेको छ । कम्पनीले दश देखि चौध वर्षसम्म, पन्ध्रदेखि उन्नाइस वर्षसम्म र बीस देखि चौबिस वर्षसम्म अवधिको लागि पनि समान प्रतिहजार ५० रुपैयाँ नै बोनसदर तोकेको हो ।

९. जीवन सम्पन्न बीमा योजनामा

यस्तै, कम्पनीको जीवन सम्पन्न बीमा योजनामा पनि बीमितले सबै बीमा अवधिमा ५० रुपैयाँ बोनसदर पाउनेगरी बोनस निर्धारण गरेको छ ।

बीमा योजनामा अन्तर्गत कम्पनीले बिक्री गरेका नौं वर्ष अवधि, दश देखि चौध वर्षसम्म, पन्ध्रदेखि उन्नाइस वर्षसम्म र बीस देखि चौबिस वर्ष र पच्चिस वर्ष वा सो भन्दा बढी अवधिको लागि पनि प्रतिहजार ५० रुपैयाँ नै बोनसदर तोकेको हो ।

अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्मका लागि पनि माथि उल्लेखित बोनसदर नै कायम हुने कम्पनीले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।