मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी माघ ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले क्राउन होटल हारती विदुर–५, गँगटे नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे एजीएम बोलाएको हो ।
सभाले सञ्चालक समिति बैठकबाट गत आर्थिक वर्षको नाफाबाट प्रस्तवित चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै मेरो माइक्रोफाइनान्स र अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरुमा पनि छलफल हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले पुस २२ गते सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार पुस २१ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया