नेपाली बजारमा पहेँलो धातु सुनको मुल्य आज प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा २०० रुपैयाँले घटेर १ लाख ४०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १० रुपैयाँले १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो पुस १३ गते मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १८०९ तथा चाँदी २३.६९ डलरमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया