चीनमा कोभिड फैलिँदै गएपछि एशियाली सेयर बजार ओरालोतर्फ

0
Shares

पछिल्लो समयमा चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि लगानीकर्ताहरुको मनोबल कमजोर हुन पुगेको छ । लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा एशियाली सेयर बजार ओरालो लागेको हो ।

जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.७८ प्रतिशतले ओरालो लागेको छ ।

चिनियाँ सेयर सूचांकमा ०.३ प्रतिशतको गिरावट आएको छ भने हङकङको ह्याङस्याङ सुचांक १ प्रतिशतले ओरालो लागेको छ । जापानी सेयर सूचांक निकेई १ प्रतिशतले ओरालो लागेको छ भने अष्ट्रेलियाको एसएन्डपी२०० सेयर सूचांकमा ०.९४ प्रतिशतको गिरावट आएको हो ।

भारतीय सेयर निफ्टी५० सूचांक ०.४१ प्रतिशत र बीएसई सेन्सेक्स ०.३५ प्रतिशतले ओरालो लागेको छ । नेपालको सन्दर्भमा भने नेप्से सूचांक १.५५ प्रतिशतले बढेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कोभिड–१९ संक्रमण फैलिनु, अमेरिका, बेलायत, युरोपियन युनियन, भारतका केन्द्रीय बैंकहरुले आक्रामक रुपमा ब्याजदर बढाएपछि लगानीकर्ताको मनोबल कमजोर रहँदै आएको छ ।

लगानीकर्ताको मनोबल मापक फियर एन्ड ग्रीडि ब्यारोमिटरले लगानीकर्ताहरु त्रसिद रहेको मापन गरेको छ ।

विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको अवस्थामा युरोप क्षेत्रका लगानीकर्ताहरुको मनोबलमा पनि गिरावट आएको छ । युरोपको युरोस्टक्स ५० सूचांक ०.२४ प्रतिशत, जर्मनको डाक्स फ्युचर्स ०.३ प्रतिशत र एफटीएसई फ्युचर्स ०.३६ प्रतिशतले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।