पुस १७ गते आइतबार आइतबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल टेलिकम, नबिल बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
पाँचवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज मिति तोकेका छन् । बुकक्लोजको अघिल्लो दिनसम्म सेयर कारोबार भई स्म्बन्धीत कम्पनीको सेयरधनी दर्ता किताबमा कायम हुन आउने लगानीकर्ताहरु मात्र सो कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुने गर्दछन् । यसअनुसार माथिक कम्पनीको लाभांश पाउन पनि आइतबारसम्म सेयरधनी बन्नैपर्छ ।
नेपाल टेलिकमको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत नगद प्रस्ताव गरेको छ । यस्तै नबिल बैंकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत र महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर सहित ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर सहित ७.५० प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत नगद प्रस्ताव गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर सहित ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
नेपाल टेलिकमले लाभांश पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, नबिल बैंकले पुस २९ गते सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे वार्षिक साधारण सभा बोलाएको छ ।
महालक्ष्मी विकास बैंकले लाभांश पारित गर्न पुस २९ गते शुक्रार लैनचौर ब्यक्वेटमा लैनचौर ब्यक्वेटमा बिहान १० बजे एक्काईसौं साधारण सभा आह्वान गरेको छ । यस्तै बुटवल पावर कम्पनीले पनि लाभांश पारित गर्न पुस ३० गते कार्की ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा समेत बोलाएको छ ।
साथै सिद्धार्थ इन्स्योरेन्सले २१ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया