पाँच र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा प्रकाशशरण महतले पूँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने बताएका छन्।

अर्थ मन्त्रालयमा आज सेयर लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री महतले व्यक्तिका लागि ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने प्रष्ट पारेका हुन् ।

‘पूँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’, अर्थमन्त्रीले भने, ‘सोहीबमोजिम अर्थ मन्त्रालयले एउटा स्टेटमेन्ट जारी गर्नेछ ।

आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका छन्।

छलफलमा अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक, सेबोनका अध्यक्ष, नेप्सेका सीईओ, ब्रोकर एसोसिएसनका पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरुको उपस्थिति छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।