एशियन लाइफको बोनस नेप्सेमा सूचीकृत

0
Shares

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीको ८.५० प्रतिशत बराबरले हुन आउने २४ लाख ७१ हजार ८९४ दशमलव ४२ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

कम्पनीको २०८० बैशाख १८ गते सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाले उक्त बोनस सेयर अनुमोदन भएको थियो । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले बैशाख ८ गते बुकक्लोज गरेकाले ७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

सोमबार सूचीकृत भएको एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सम्बन्धीत सेयरधनीले आफ्नो हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।