नेप्सेमा १३ लाख ८६ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार १३ लाख ८५ हजार ८७६ दशमलव ४६६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  नेप्सेका अनुसार कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको ४.४१ प्रतिशतले हुन आउने सेयर आज सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित उक्त बोनस सेयर २०८० बैशाख ३१ गते सम्पन्न भएको ३१ औं वार्षिक साधारण सभाले पारित गरेको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बैशाख १५ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार बैशाख १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताहरुले मात्र उक्र बोनस पाउनेछन् ।

बुधबार सूचीकृत बोनस सेयर सम्बन्धीत लगानीकर्ताहरुले आफ्नो डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।