माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले मंसिर २३ गते शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाका लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड मूल्यको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरेको हो ।
कम्पनीको आईपीओमा स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ । यस्तै प्रभु क्यापिटलले निर्माण गरेको वेवसाइट मार्फत अनलाइन माध्यमबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिकाको वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालीकाको वडा नम्बर ३,४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का बासिन्दाहरुका लागि ६ हजार कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेकका स्थाई बासिन्दाहरुका लागि ४ लाख कित्ता सेयर छुट्टाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले प्रति मेगावाट २० करोड १३ लाख ४२ हजार लागतमा १४.९० क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया