शेर बहादुर देउवा नेतृत्वको सरकार परिवर्तन भइ नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनेपछि नेप्से १७९.०८ अंकले बढेको छ ।
नयाँ सरकार गठनसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्रीको रुपमा रहेका छन् । पौडेलले कार्यभार सम्हालेको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से बढेको छ भने एक दिन सामान्य अंकले घटेको छ । गत साता चार कारोबार दिनमध्ये बुधबार १२ अंकले घटेको नेप्से अन्य सबै दिनमा ५० अंक माथिको वृद्धि आएको थियो ।
साताो पहिलो कारोबार दिन आइतबार पनि नेप्से अधिकतम ५४ अंकसम्म बढेर सूचक २०८३ सम्म उक्लिएको थियो । तर निरन्तरको नेप्से परिसूचकमा आएका आकर्षक बढोत्तरीमा प्रोफिट बुकिङ्ग बढ्दा सूचक आइतबार बन्द हुँदा १७.२६ अङ्कले उकालो लागेर २०४६.२९अंकमा अडिएको छ ।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएसँगै कारोबार रकम समेत बढेर ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० मूल्यमा खरिद बिक्री भएका छन् । कूल कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

नेप्सेका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक२.७२ अङ्कले उकालो लागेर ३९४.०२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये २ उपसमूहगत सूचकमा गिरावट आउँदा ११ वटामा वृद्धि भएको छ । साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार २३२ रुपैयाँ बराबर रहेको छ ।
कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको २२ करोड ५७ लाख ४८ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी १९ करोड ८८ लाख १ हजार ३२१ रुपैयाँ, हिमालयन डिस्टिलरी १५ करोड ८० लाख ३१ हजार ४५७ रुपैयाँ, एनआइसी एशिया बैंकको १० करोड ३ लाख ८३ हजार ३८७ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २९ लाख ४८ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आइतबार बजारमा श्रृजनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै अजोड इन्स्योरेन्स ९.९८ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् ।
यस्तै, सिद्धार्थ इक्विटी फन्डका इकाइधनीले सर्वाधिक ५.५७ प्रतिशत, नेपाल बैंकको ऋणपत्र ३.९२, एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ३.८४, मिथिला लघुवित्त ३.६९ र रिभर फल्स पावरका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया