अनुदान कटौती पछि कारहरुको मूल्य बढाउने बीवाइडीको घोषणा

0
Shares

कोभिड-१९बाट प्रभावित भएका कम्पनीहरुलाई चीनले अनुदान दिइरहेको थियो । हालै शून्य कोभिड नीति खुकुलो बनाउदै चीनले ठूला कम्पनीहरुलाई दिने अनुदान बन्द गरेको छ ।

अनुदान नपाउँदा बढ्दो उत्पादन लागतलाई सन्तुलनमा ल्याउन चिनियाँ अटोमेकर कम्पनी बीवाइडीले कारहरुको मूल्य बढाउने घोषणा गरेको छ ।

सन् २०२३ को जनवरी महिनाबाट लागु हुनेगरी कम्पनीले विभिन्न मोडल अनुसार २ हजार युवान देखि ६ हजार युवानसम्म मूल्य बढाउने जनाएको छ ।

नेपालमा पनि विद्युतीय कार बीवाइडीका ग्राहकहरुको बाक्लो सङ्ख्या रहेको छ । नेपालमा आयात हुने बीवाइडी मोडलका विभिन्न कारहरुको आगामी समयमा मूल्य बढ्ने देखिन्छ । कारहरुको मूल्य १ लाख देखि १ लाख ५० हजार सम्म बढ्ने देखिन्छ । हाल नेपालमा बिवाइडी ब्रान्डका कारहरुको मूल्य विभिन्न मोडल अनुसार ६० लाख देखि १ करोड सम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।