सोमबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज पुस १८ गते सोमबारसम्म सेयर खरिद गर्दा लाभांश पाइने कम्पनीहरुमा सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्त रहेका छन् ।
पाँचवटै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गते मंगलबार बुकक्लोज गर्दैछन्। बुकक्लोज अनुसार सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रसाधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
१. सिभिल बैंक
सिभिल बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
२. सिवाईसी नेपाल लघुवित्त
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय, सभागृहचोक पोखरामा बिहान ११ बजे सो सभा बोलाएको हो ।
३. आइसिएफसि फाइनान्स
आइसिएफसि फाइनान्स लिमिटेडले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले पुस २९ गते अमृतभोग कालिकास्थान काठमाडौँमा बिहान १० बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
४. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चुक्ता पूँजीको २.४० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौँमा बिहान १० बजे २८ औं वार्षिक साधारण सभा डाकेको छ ।
५. पोखरा फाइनान्स लिमिटेड
पोखरा फाइनान्सले चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते छब्बिसौं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले दरबारथोक ब्याङ्कवेट बाँस्तोलाथर पोखरामा बिहान ९ बजेसभा बोलाएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया