कुमारी बैंकमा अमिर प्रताप राणाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।
कुमारी बैंक र एनसिसी बैंकले पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नाममा एकीकृत कारोबार शुभारम्भ गरेपछि राणाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सदस्य चयन भएको हो ।
कुमारी बैंकले सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणालाई निरन्तरता दिएको छ । त्यस्तै कुमारी बैंकको तर्फबाट कृष्णप्रसाद ज्ञवाली र महेश पोख्रेल चुनिएका छन् ।
मर्जरपछि बैंकको सञ्चालक समितिमा एनसिसीका पूर्व अध्यक्ष केशरी न्यौपाने र चन्द्र बास्तोला र इमान सिंङ लामा चयन सदस्यमा भएका छन् ।
नवनियुक्त बैंक अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आइतबार नै सपथ ग्रहण गरिसकेका छन् । सञ्चालकहरुलाई अध्यक्ष राणाले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बनेका छन् । यस्तै कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।

एकीकृत कारोबारपश्चात कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गाभिएपश्चात् शाखा सङ्ख्या ३०६, एटिएम सङ्ख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया