बाराही हाइड्रोपावरको आईपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको कुल २५ करोड मूल्यको २५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता सेयर पुस १८ गते सोमबार सूचीकृत भएको हो । कम्पनीको आईपीओ ‘बीएचपीएल’ कारोबार संकेत (सिम्बोल) मा सूचीकृत भएको हो । सोमबार सेयर सूचीकृत भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा बाराही हाइड्रोपावरको सेयर कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसासम्मको ओपनिङ्ग रेन्ज दिएको छ । पहिलो पटक कारोबार सुरु हुने कम्पनीलाई नेप्सेले परिष्कृत वित्तीय विवरणका आधारमा नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।