नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७ लाख ७२ हजार ६६६ कित्ता सेयर थपिएको छ । सोमबार समृद्धि फाइनान्स कम्पनीले सो सेयर सूचीकृत गराएको हो ।
समृद्धि फाइनान्सले हकप्रद सेयर वापतको ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक सेयर आज नेप्सेमा सूचीकृत गरेको हो । आज सूचीकृत गराएको उक्त सेयर सम्बन्धित सेयरधनीहरुले आफ्नो हितग्राही खाता (डिम्याट) मा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
समृद्धि फाइनान्स कम्पनीले २०७८ फागुन ८ गतेदेखि २९ फागुनसम्म चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । सो समयमा अवितरित भएको सेयरहरु पटक पटक लिलामी मार्फत बिक्री गरेकोमा अन्तिम पटक बिक्री भएको ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित सेयरको लिलामी मार्फत बिक्री गरेको थियो । सोही सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया