प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश प्रस्ताव

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस १८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित सो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ बाट कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तो छ कम्पनीको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/79 6.5 0.342 6.842
2 2077/2078 7.00 0.37 7.37
3 2076/2077 8.00 0.42 8.42
4 2074/2075 0.00 0.00 0.00
5 2073/2074 20.00 1.05 21.05
6 2072/2073 20.00 1.05 21.05
7 2071/2072 10.00  0.00 10.00
8 2069/2070 8.00  0.00 8.00
9 2068/2069 25.00  0.00 25.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७९, मंगलबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।