राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा दोहोरिए उप्रेती

0
Shares

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केवी उप्रेती पुन निर्वाचित भएका छन् । बैंकको सोमबार सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन उप–समितिका संयोजक सुमन पौडेलले बताए ।

सञ्चालक समिति सदस्यमा प्रदेश नम्बर–१, बाट महेन्द्र कुमार गिरी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईँ, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवाथापा चयन भएका छन् ।

त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज विष्ट, मनोजकुमार थापामगर चयन भएका छन् । बैंकको महिला सञ्चालकहरूमा अमृता सुब्बा, तारा गुरुङ र पार्वतीथापा चयन भएका हुन् ।

लेखा सुपरिवेक्षण समिति सदस्यहरूमा केशव प्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली चयन भएका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ पुस २०७९, मंगलबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।